काठमाडौं, पुस २ । पूर्वमिस नेपाल शृखला खतिवडाले यौन हिंसाको सिकार हुनुपरेको बताएकी छन् । महिला सशक्तिकरण सम्बन्धी विभिन्न गतिविधिमा सक्रिय उनले भोग्नु परेको यौन हिंसाबारे बोलेकी हुन् । महिलाहरु विभिन्न कारणले यौन हिंसाको सिकार हुने गरेका छन् ।
बाल्यकारलमा म आफै यौन हिंसाको सिकार भएकी थिएँ । म ह्यारासमेन्टको सिकार भएको थाहा पाउन धेरै समय लागेको थियो । उनले भनिन् ‘महिलाहरु कतैपनि सुरक्षित छैनन् ।’
सामाजिक सञ्जालमा सक्रिय पूर्वमिस नेपाल खतिवडा पुरुष र महिलाको विभेद कम नहुन्जेल महिला र बालिकामाथि हुने यौन हिंसामा कमी नआउने बताउँन्छिन् ।
‘मलाई मेरो परिवारले छोरा र छोरीबीचको भेदभावको महसुुस गर्न दिएन् ।
तर, हामो समाजमा छोरा–छोरीमा हुने भेदभावले यौन हिंसालाई प्राथमिकता दिने गरेको छ ।’ नागरिक दैनिकबाट