Logo

नेकपा स्थायी समिति बैठक: ओली–दाहाल नरम, नेपाल कडा



काठमाडौं, पुस २ । नेकपा स्थायी समितिमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीचको गुटको छाया देखिएको छ। ओली र अर्का अध्यक्ष दाहाल पक्षधर नेताहरू राजनीतिक प्रतिवेदन र सरकारप्रति लचिलो देखिएका छन् भने वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरू विरोधमा उत्रिएका छन्।

सोमबार र मंगलबारको बैठकमा २५ जना नेताले धारणा राखेका थिए। नेपाल पक्षधर भीम रावल, सुरेन्द्र पाण्डे, अमृत बोहरा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायतले सरकार र पार्टी नेतृत्वको कार्यशैलीको खुलेर विरोध जनाए। ओली पक्षधर शंकर पोखरेल, छविलाल विश्वकर्मा, केशव बडाल र रघुवीर महासेठले मात्र बोलेका छन्। उनीहरूले सरकार र पार्टी नेतृत्वको बचाउ गरेका छन्।

अध्यक्ष दाहाल निकट अग्नि सापकोटा, शक्ति बस्नेत, जनार्दन शर्मा, देवेन्द्र पौडेल, पम्फा भुसाललगायत लचिलो देखिएका छन्। ओली पक्षका नेताहरूले भने बैठकमा अन्य नेताहरूले बोलेपछि मात्र आफूहरूले बोल्ने रणनीति लिएका छन्।

सरकारमा सहभागी भएका कारण अघिल्लो पटकको स्थायी समिति बैठकमा सरकार र नेतृत्वको कार्यशैलीमा चर्को आलोचना गरेका नेताहरू घनश्याम भुसाल र योगेश भट्टराईले भने नेतृत्वलाई उत्तेजित नभई पार्टी र विचार निर्माणमा लाग्न सुझाव दिएका छन्। सरकारका विषयमा उनीहरुले खास टिप्पणी गरेका छैनन्। भट्टराईले तीनतीन महिनामा सरकारका कामको रिपोर्ट नै पार्टीमा बुझाउने व्यवस्था गरेर समीक्षामा जान सकिने बताएको खवर अन्नपूर्ण पोस्टमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्