काठमाडौं, पुस २ । नेपालमा वस्तु आयात गर्दा त्यस्ता वस्तुको वर्गीकरण र उत्पतिको निर्धारणका सम्बन्धमा पूर्वअनुमति लिनुपर्ने भएको छ। भन्सार विभागले कार्यविधि बनाएर पूर्वादेश लिनुपर्ने व्यवस्था अनिवार्य गर्न लागेको हो।
विभागले कार्यविधिको मस्यौदा बनाएर स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको छ। क्योटो महासन्धि र विश्व व्यापार संगठन अन्तर्गत व्यापार सहजीकरण सम्झौतामा मालवस्तुको वर्गीकरण, उत्पत्तिको निर्धारणलगायत विषयमा सम्बन्धित पक्ष राष्ट्रले पूर्वादेश दिनुपर्ने प्रावधान छ।
नेपाल उल्लिखित महासन्धि एवं सम्झौताको पक्ष राष्ट्र भएकाले पूर्वादेशसम्बन्धी व्यवस्था गर्नुपर्ने हुन्छ। यद्यपि अन्तर्राष्ट्रिय रूपमा गरेको प्रतिबद्धता पालना गर्न सकेको छैन। यो व्यवस्था कार्यान्वयनमा आएसँगै मुलुकमा आयात गर्ने वस्तुका सम्बन्धमा ६० दिन अगाडि नै आयातकर्ताले निवेदन दिनुपर्ने आजको अन्नपूर्ण पोस्ट्मा खवर छ ।