राजविराज, पुस २ । विवाह गर्ने झुठो आश्वासन दिएर १७ वर्षीया किशोरीमाथि बलात्कार गर्ने एक युवकलाई सप्तरी प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । किशोरीमाथि बलात्कार गरेको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रेमको नाटक गर्दै घरमा कोही नभएका बेला खत्वेले किशोरीलाई बलात्कार गर्ने गरेको प्रहरीले जनाएको छ प्रेमको प्रपञ्च रच्दै आमाबुवा नभएका बेला बालिकालाई बिहे गर्छु भन्दै बलात्कार गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बालिका पीडित देखिएकोले उजुरी लगत्तै स्वास्थ्य परीक्षण गरी आरोपितलाई पक्राउ गरियो प्रहरीले जनाएको छ ।
पीडितकी आमाका अनुसार अन्तिम पटक खत्वेले मङ्सिर १५ गते किशोरीलाई बलात्कार गरेको खुलेको छ । आमासँगै प्रहरी कार्यालय पुगेकी किशोरीले बिहेको झुटो आश्वासन दिइ बलात्कार गर्ने गरेको बताइन् ।