Logo

उपप्रधानमन्त्री यादव र मन्त्री ढकालबीच द्धन्द्ध



काठमाडौं, २ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमन्त्रालयबाट उपेन्द्र यादवलाई कानुन र कानुनमन्त्रालयबाट भानुभक्त ढकाललाई स्वास्थ्यमा लगे । तर, दुवै मन्त्रालयमा विगतमा भएका निर्णय उल्टाउने र अड्काउने प्रतिष्पर्धा मन्त्रीहरुमा चलेको छ ।

स्वास्थ्यमन्त्री ढकालले यावदले गरेका निर्णयहरु धमाधम उल्टाइदिएका छन् । केही दिन अघि मन्त्तालयबाट मन्त्रिपरिषदमा पत्र पठाउँदै ढकालले विभिन्न नियुक्ति र मनोनयनसम्बन्धी प्रस्तावहरु फिर्ता पठाउन पत्राचार गरेका छन् । मेडिकल काउन्सिलको सदस्य नियुक्ति, नेपाल नर्सिङ काउन्सिलको सदस्य नियुक्ति, लागि नेपाल फार्मेसि परिषद्को रजिष्टारमा नियुक्तिका सिफारिश भएका प्रस्तावहरु अध्ययन तथा पुनरावलोकनका नाममा फिर्ता मागेका छन् ।

भरतपुर क्यान्सर अस्पतालको अध्यक्ष पदका लागि सिफारिश गरिएका डा. विजयराज न्यौपानेको नियुक्तिसम्बन्धी प्रस्तावलाई पनि फिर्ता पठाउन भनेका छन् ।

मन्त्री ढकालको कदमपछि उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले सार्वजनिक रुपमै न्यायपरिषद्ले रिक्त दरबन्दी नहुँदै न्यायाधिश नियुक्ति गर्नु गल्ती भएको बताए । पूर्ववत मन्त्री ढकालले गरेको निर्णय त्रुटीपूर्ण भने । उनले न्याय क्षेत्रका केही नियुक्तिमा अवरोध खडा गरेका छन् । यसले यादव र ढकालबीचको द्धन्द्ध बढेर गएको छ ।



प्रतिक्रिया दिनुहोस्