Logo

तीन केजी कोकिन बोकेर काठमाडौं उत्रिएकी बोलिभियाली महिला



काठमाडौं २ पुस । प्रहरीले दुबईबाट काठमाडौं आएकी एक विदेशीबाट तीन केजी कोकिन बरामद गर्यो । ती विदेशी महिलाबाट कोकिन बरामद गर्दाभन्दा उनको पासपोर्ट चेकजाँच गर्दा प्रहरी नै आश्चर्यमा पर्यो ।

ती महिला बोलिभियाली नागरिक थिइन् । दक्षिण अमेरिकी मुलुक बोलिभिया देखि उनी कोकिन बोकेर कसरी काठमाडौं आइन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राहदानी नम्बर सिइ २८०७२ वाहक ४१ वर्षीया हेरेरा आरटिगा ओल्गालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरस्थित लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले बिमानस्थलको आगमन कक्षमा जाँच गर्ने क्रममा उनको सुटकेशभित्र उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।- Symbolic Photo



प्रतिक्रिया दिनुहोस्