काठमाडौं, २ पुस । सरकारले इन्धनबाट चल्ने सवारी साधनमा दुई सय ५० प्रतिशत राजश्व लिंदै आएपनि विद्युतीय गाडीमा जम्मा २९ प्रतिशतमै खरिदकर्ताकाले पाउने व्यवस्था छ । सरकारको यही योजनामा केही कर्मचारीले भने बिभिन्न कारण देखाउदै बाधा उत्पन्न गराएका छन् ।
हुण्डाई र किया कोरीयन कम्पनिले कोना र निरो विद्युतिय गाडी नेपालमा भित्राएर बिक्रि वितरण गर्दै आएका छन् । अनय कम्पनिलाई भने विद्युतिय भित्राउन दिईएको छैन । वीरगंजस्थित श्रीसिया सुख्खा बन्दरगाहमा औडीसहित दूई दर्जन विद्युतिय गाडी र विद्युत तथा ईन्धनबाट चल्ने गाडी बिगत ६ मिहना देखि अड्किएका छन् । भन्सार जाँचपास गर्न आवश्यक कागजात आयातकर्ताले पेश गर्न नसकेको बहाना गर्दै गाडीहरु भन्सारमा अड्किएका हुन् ।
यस अघि प्रिन्सा मोटर्सले रिटेलर कम्पनिबाट तीनवटा औडी गाठी ल्याएर बिक्रि गरेको थियो । चोर बाटोबाट विलासी गाडी धित्राउर बिक्रि गरेको आरोप लगाउदै अहिले भन्सारले अरु गाठकिो भन्सार जाँचपास रोकोको हो । प्रिन्सा मोटर्सले एउटै गाडीमा ५० लाखसम्म नाफा लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ ।
स्रोतका अनुसार एउटा टेस्ला, दुइवटा ज्यागुआर तथा ल्यान्ड रोभर कम्पनिको ६ वटा रेन्जरोभर कार पनि रोकीउको छ । यसअघि रेन्जरोभर गाडीको आधिकारकि विक्रेता किशोर गियर हो । हाल पनि उनले रेन्जरोभर गाडकिो विक्री वितरण गर्दै आएका छन् । तर फुल इलेक्ट्रीक रेन्जरोभर गाडकिै कागजपत्र नपुगेको भनदै गाडी रोकीए पछि भन्सार कर्मचारकिो नियतमा प्रश्न उठेको छ ।
अरु कुनै कम्पनिको मिलेमतोमा रेन्जरोभर र औठकिा इलेक्ट्रोक गाडी छिर्न नदिउको स्रोत बताउँछ । भन्सार विभागले गाडी रोकीएको विषयमा लिखित जानकारी समेत व्यवसायीलाइृ दिएको छैन । करोडौ रुपैयाको गाडी अलपत्र रुपमा वन्दरगाहमा अडकिएको छ । अवैभमनिक गाडी हो भने भन्सार ले हो भने भन्सारले जफत गर्न सक्छ । तर जफत गर्न पनि नसक्ने र सम्बन्धित कम्पनिलाई प्रकिया पुरा गरेर गाडी नदिएपछि भन्सारका कर्मचारकिो नियतमा खोट देखिएको छ । रेन्ज रोभरमा एउटा फुल इलेक्ट्रोनिक गाडी छ भने ५ वटा ब्याट्री र डिजेलबाट चल्ने हाइब्रिड कार छन् ।-जनप्रहार साप्ताहिकबाट