Logo

किचलोमा कांग्रेस : देउवा–पौडेल केन्द्रिय समिति छोडेर कोठे बैठकमा सिमित



काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको विवाद चुलिदै गएको छ । पटक पटक केन्द्रिय समिति बैठक स्थगित भइरहेको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल गुटगत राजनीतिमा फसेका छन् । जसले गर्दा आ–आफ्नो अडान त्याग्न नसक्दा पार्टी नै अनिर्णयको बन्दी बनेको छ । दुवै पक्ष केन्द्रिय समिति छोडेर गुटगत भेलामा व्यस्त छन् ।

बुधबार पनि नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक बस्ने भनिएको थियो । तर बस्नै सकेन । सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलको माग पूरा गर्न मानेनन् । पौडेल पनि अडानबाट पछि हट्न सकेनन् । पटक पटक केन्द्रिय समिति बैठक बहिस्कार गरेर आफ्नै दलको विभिन्न भेला र बैठक गर्दै आएका पौडेलले बुधबार पनि आफ्नै निवासमा बैठक राखे ।

पौडेल निवास बोहोराटारमा बसेको बैठकले पार्टीको १४औं महाधिवेशन आगामी मंसिरभित्रै सम्पन्न गर्नुपर्ने निश्कर्ष निकालेको छ । बैठकमा सहभागी केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले महाधिवेशन कार्यकालिका सार्वजनिक गर्नुपर्ने आफूहरुको पहिलो शर्त रहेको जानकारी दिए ।

यसका लागि पहिला महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने पौडेल पक्षको माग छ । पार्टीभित्र विभिन्न विभाग गठन गर्नुपरेपनि विधानले तोकेबमोजिम २८ भन्दा बढि विभाग गठन गर्न नदिने पौडेल पक्षका नेता अर्जुननरसिंह केसी बताउँछन् ।

यता भात्रि संगठन बलियो बनाएर सहमतिको प्रकृया बाट निर्णय गर्ने र अधिबेसनको प्रकृयामा जाने पार्टि सभापतिको उदेस्य रहेको भनिएपनि यता देउवा पक्ष भने ठिक उल्टो दिशामा छ । सहमतिमा निर्णय नहुँदा संगठनलाई घाटा भईरहेकोले यसलाई सम्पुर्ण नेपाली कांग्रेसको नेतृत्वले बेलैमा बुझ्न आवस्यक रहेको देउवा पक्षधर नेता तथा सहमहामन्त्री डा.प्रकाशसरण महतले बताए ।

पार्टी नेतृत्वभित्रको विवाद एकातिर छ भने भाृत संगठन अर्कोतिर । नेतृत्वले गलत बाटो चाल्न लागेको भन्दै नेपाल विद्यार्थी संघका केही नेताहरु पार्टी कार्यालय सानेपामा अनसन बस्न पुगेका छन् ।

देउवा र पौडेल दुवै पक्षको आआफ्नै अडानकै कारण सोमबार बोलाइएको केन्द्रिय समिति स्थगित भइ बुधबारको लागि बैठक बोलाइएको थियो । तर बुधबारको बैठक पनि बस्न सकेन । जसले गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अनिर्णयको बन्दी बनेको छ ।



प्रतिक्रिया दिनुहोस्