Logo

विनोद चौधरीलाई पार्टीभित्र शक्तिशाली बनाउने कांग्रेसको तयारी



काठमाण्डौ । विश्वकै धनीमध्येका एक उद्योगपछि विनोद चौधरी अन्तराष्ट्रियस्तरमा चिनिएका व्यक्ति हुन् ।

चौधरी ग्रुप अफ इन्डस्ट्रीजका मालिक हुन् । उनी पनि विश्वका धनि समुहमा नेपालका एक मानिन्छन् । सन् २०१९ मा कुल सम्पत्ति १ अर्ब ७० करोड डलर रहेको चौधरी विश्वभरका धनाढ्यको सूचीमा १ हजार ३ सय ४९ औं स्थानमा छन् ।

यो चाँही उनको व्यवसायिक पाटो भयो । तर उद्योगि मात्र नभै उनी राजनीतिज्ञ पनि हुन् ।

२०७४ साल कात्तिकमा उद्योगपति चौधरी नेपाली कांग्रेस प्रवेश गरेका थिए । कांग्रेसले उनलाई समानुपातिक सूचीबाट सांसदको उम्मेद्वार बनाएर प्रतिनिधिसभामा प्रवेश गराएको थियो ।

२०६४ सालको संविधान सभा निर्वाचनमा एमालेले उनलाई समानुपातिक सभासद बनाएको थियो । २०७० सालको चुनावमा उनी प्रत्यक्षबाट उम्मेद्वार बन्ने चर्चा चलेको थियो । तर, उम्मेद्वारी भने दिएनन् ।

पुनः २०७४ को चुनाव अघि कांग्रेस प्रवेश गरेर उनी सांसद बन्न सफल भएका हुन् ।

उनै चौधरीलाई पार्टीमा पनि प्रभावकारी भूमिका दिने विषयमा छलफल सुरु भएको छ । चौधरीको विषयमा कांग्रेसका नेताहरुले अनौपचारिक छलफल गरिरहेको महामन्त्री डा. शशांक कोइरालाले बताएका हुन् । सहमहामन्त्री डा. प्रकासशरण महतले पनि चौधरीलाई पार्टीमा थप भूमिका दिने विषयमा छलफल भइरहेको रिपोर्टस नेपाललाई जानकारी दिएका हुन् ।

राजनीतिक र व्यवसायिक रुपमा चौधरीको भारतसँग नजिकको सम्बन्ध छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगसमेत चौधरीको नजिकको सम्बन्ध रहेको बेलाबेलामा चर्चा हुने गरेको छ ।

चौधरी प्रसिद्ध म्यागेजिन फोर्ब्सको अर्बपति सूचीमा परेका एकमात्र नेपाली व्यवसायी हुन् ।



प्रतिक्रिया दिनुहोस्