Logo

यी हुन् सभामुखका मुख्य दाबेदार



काठमाडौं, २ पुस । संसदको हिउँदे अधिवेशन आउन दुई दिन बाँकी छँदा अब बन्ने सभामुखबारे चासो बढेको छ । सभामुखमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीबाट नै बन्ने निश्चितप्रायः भएपनि अर्को दलको कुनै नेताले बाजी मार्ने सम्भावना पनि नकारिएकौ छैन ।

नेकपाभित्र पूर्व एमाले र पूर्व माओवादी पक्षधरबीच सभामुख पदमा दाबी रहेको छ । विगतमा सभामुख बनेका कृष्णबहादुर महरा पनि पूर्व माओवादी पक्षधर हुन् । त्यसैले आफू पक्षधरले सभामुख पाउनुपर्ने दाबी पूर्व माओवादी पक्षधरको छ ।

सभामुखका लागि प्रमुख दाबेदारका रुपमा अग्नि सापकोटा र सुवासचन्द्र नेम्वाङ देखिएका छन् । नेम्वाङ विगतमा पनि सभामुख बनेका हुन् । देव गुरुङ पनि सभामुखको दाबेदार छन् । उनी नेकपाका प्रमुख सचेतक पनि हुन् ।

सभामुखमा तिव्र प्रतिष्पर्धा भइरहँदा पम्फा भुषाले पनि दाबी गरेकी छिन् । लामो राजनीतिक अनुभव र महिला हुनुले पनि उनको दाबी देखिएको छ । उनको पक्षमा प्रचण्ड पनि देखिएका छन् ।

सभामुख बन्न डा. शिवमाया तुम्वाहाम्फेले पनि लबिङ छाडेकी छैनन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन छ ।

नेकपाभित्र सभामुखका लागि प्रतिष्पर्धा चलिरहँदा एउटा पक्ष राजपा नेता महन्थ ठाकुरलाई बनाउन लागिपरेको छ । डा. शिवमाया तुम्वाहाम्फेलाई उपसभामुखमा कायमै राखी महन्थलाई बनाउनेबारे समेत छलफल चलिरहेको छ । तर, त्यो सम्भावना न्यून छ । राजपालाई सहमतिमा ल्याउन र संविधान संशोधन गर्ने माहोल बनाउने त्यसतर्फ पनि सहमति जुटाउन एकथरी नेकपा नेताहरु लागिपरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot