टेलिभिजन पत्रकारमाथि बलात्कारको आरोप खेपेका अर्का पत्रकारले ३० हजार डलर क्षतिपूर्ति भर्नुपर्ने भएको छ । जापानको अदालतले गरेको फैसला अनुसार सिओरी इटोलाई नोरियुकी यामागुचीले उक्त रकम तिर्नुपर्ने भएको हो । तर, अदालतले ठोस प्रमाण नभएकाले बलात्कार पुष्टि नहुने स्पष्ट पारेको छ ।
मी टु आन्दोलनका क्रममा इटोले सन् २०१५ मा आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । यो घटना बाहिर आउँदा धेरैका लागि चासो बनेको थियो ।
इटो त्यतिबेला रोयर्टर्सकी रिपोर्टर थिइन् । यामागुची वासिङ्टन पोष्टमा कार्यरत थिए । इटोले आफू अचेत अवस्थामा हुँदा होटलमा बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
जापानमा बलात्कारको घटना कमैमात्र बाहिर आउने गर्छ । मी टु आन्दोलनले धेरै महिलाले घटना बाहिर ल्याए । आरोपी ५३ वर्षीय यामागुचीले आफूले बलात्कार नगरेको दाबी गरेका छन् । ३० वर्षीया इटोले भने आफू खुशी भएको प्रतिक्रिया दिए ।