काठमाडौं, पुस ३ । त्रिभुवन विश्वविद्यालयले विहिबार ४५औँ दीक्षान्त समारोह मनाउँदै छ । दीक्षान्त समारोहमा यसपटक दश हजार एक सय ८३ विद्यार्थीले सहभागीता जनाउँदै छन् ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार यो बर्षको दीक्षान्तमा ७० हजार ७७ विद्यार्थी सहभागी हुन योग्य रहेपनि दश हजार एक सय ८३ विद्यार्थीद्वारा माग फाराम आएको जानकारी गराएको छ । गतबर्ष नौ हजार पाँच सय २० जनाले सहभागीत जनाएका थिए।
समारोह पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पस परिसरमा रहेको खेल मैदानमा हुने छ ।