Logo

जुनसुकै बेला लोकसेवाका कर्मचारी सरुवा



loksewa logo

काठमाडौं, पुस ३ । सरकारले लोकसेवा आयोगमा कार्यरत कर्मचारीको जुनसुकै बेला सरुवा गर्न सक्ने व्यवस्थासहित कानुन संशोधनको तयारी गरेको छ। तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने त्यसको विरोध गरेको छ। बुधबार राज्य व्यवस्था समितिमा छलफल भएको लोकसेवा आयोगसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा कांग्रेस सांसदले सरकारको स्वच्छाचारिता बढ्ने भन्दै असहमति जनाएको छ।

दुई दिनअघि बसेको राज्य व्यवस्था समितिको बैठकले लोकसेवा आयोगका कर्मचारी सरुवा गर्दा आयोगको सहमति लिइरहन नपर्ने व्यवस्था गरेको हो। लोकसेवाको वर्तमान ऐनमा लोकसेवा आयोगमा कार्यरत कर्मचारीलाई सरुवा गर्दा सरकारले आयोगको सहमति लिनुपर्ने व्यवस्था छ।

यो व्यवस्थाले लोकसेवा आयोगको विश्वसनीयता, स्वतन्त्रता र निष्पक्षतामा प्रश्न उठ्ने कांग्रेसको मत छ। सांसद दिलेन्द्रप्रसाद बडू र राजेन्द्रप्रसाद केसीले यो व्यवस्थाको विरोध गरेको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्