काठमाडौं, पुस ३ । एकै रातमा तीन महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा रुकुमपश्चिम प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्लास्थित आठबीस नगरपालिका ८ डाँफेका २२ वर्षीय केशव आरसी पक्राउ परेका हुन् ।पति नभएकी महिलाको घरमा गएर जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
उनका अनुसार केशवले मंसिर २७ गते राति १ बजे पति घरमा नभएकी ४० वर्षीया महिलालाई र अर्की ४५ वर्षीया एकल महिलालाई जबर्जस्ती करणीको प्रयास गरेका थिए ।सोही रात घरमा सुतिरहेकी ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ ।
केशवले दुई महिलालाई बलात्कारको प्रयास गरे पनि प्रतिकार गरेपछि तेस्रो घरमा गएर जबर्जस्ती करणी गरेको स्वीकारेका छन् । उनी ढोकाको चुकुल निकालेर घरभित्र प्रवेश गरेका थिए ।
प्रतिकार गरे पनि जबर्जस्ती करणी गरेको पीडित महिलाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ। पीडित तीनै महिलाले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । आजका पत्रपत्रीकामा खवर छ ।