Logo

ओली, देउवा र प्रचण्डबीच भेटवार्ता



काठमाडौं, ३ पुष । संघीय संसद बैठक बस्नुअघि प्रमुख दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ ।

आजको बैठकमा प्रतिनिधिसभाका सभामुखको निर्वाचन र राष्ट्रिय सभाको निर्वाचनलगायतका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot