Logo

लागूऔषध सहित पक्राउ



उदयपुर, ३ पुस । प्रहरीले लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । चौदण्ढीगढी नगरपालिका ४ नारदमुनी चोकबाट ३१ वर्षीय सुरज राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट लागूऔषध फेनारगन १० एम्पुल, बुप्रिनोर्फिन १० एम्पुल, डाइजेपाम १० एम्पुल, नगद ५ हजार ५० रुपैयाँ र करलेस फोन १ थान बरामद भएको छ । प्रहरी चौकी बसाहबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा लुकाइछिपाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्