Logo

बरुण बेभजविरुद्ध ६५ करोड राजश्व छलीको मुद्धा



काठमाडौं, ४ पुस । राजश्व अनुसन्धान विभागले पेप्सीलगायत पेय पदार्थ उत्पादन बहुराष्टिय कम्पनी वरुण वेभरेज विरुद्ध मूत्य अभिवृद्धि कर छलीमा एक अर्व ९४ करोड ८८ लाख मागदाबीसहित मुद्धा दायर गरेको छ ।

नक्कली भ्याटबिल जारी गरी ६४ करोड ठगी गरेको विभागको आरोप छ । पेप्सी, मिरिन्डा, सेभेन अप लगायत पेय पदार्थ नेपालमा बिक्री गर्दैआएको वरुण वेभरेज बहुराष्ट्रिय कम्पनी पेप्सीकोको नेपालस्थित फ्रेन्चाइज कम्पनी हो । साथै नक्कली भ्याटबिलमा बहुराष्ट्रिय कम्पनीविरुद्ध दायर भएको यो नेपालकै ठूलो मुद्दा हो । उक्त कम्पनीले नेपालमा केही हाउजिङ तथा अपार्टमेन्ट समेत सञ्चालन गर्दैआएको छ ।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्