काठमाडौँ, ४ पुस । भारतीय गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले केही तत्वले भारतमा अशान्ति मच्चाउन खोजेको बताएका छन् ।
शाहले नाम उल्लेख नगरिकन ती तत्वुले नेपाल र भुटानको सीमा प्रयोग गरी भारतमा छिरेको पनि दावी गरेका छन् । भारतले नेपाल र भुटानसँग सौहार्दपूर्ण सम्बन्ध चाहेको पनि शाहले बताए । भारतीय सशस्त्र सीमा सुरक्षा बलको ५६औं स्थापना दिवसको अवसरमा उनले यस्तो बताएका हुन् । निश्चित तत्व, जो भारतमा कहिल्यै शान्ति चाहँदैन, उसले यी दुई सीमालाई प्रयोग गर्दै भारत छिर्न खोज्दैछ, शाहले भने । उनले एसएसबीले भारतको सीमालाई सुरक्षा दिएको भन्दै प्रशंसा समेत गरेका थिए ।
शाहले यसअघि नेपालीहरुले भारतीय नागरिकता सजिलै तरिकाले लिने गरेको दावी गरेका थिए । नागरिकता विधेयक विवादमा रहँदा उनले यस्तो बताएका थिए ।
अन्नपूर्ण पोष्ट्बाट