Logo

‘एम–१६’ हतियार खरिदको अन्तिम चरणमा सेना



काठमाडौ, पुस ४ । खरिद प्रक्रियाका कारण लामो समयदेखि अलमल भइरहेको अमेरिकी एम–१६ हतियार खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको नेपाली सेनाले जनाएको छ। शान्ति मिसनमा खटिने नेपाली सेनाका लागि आवश्यक उक्त हतियार खरिदका लागि सेनाले भुक्तानिको प्रक्रिया अघि बढाइसकेको छ। सेनाले अमेरिकाबाट जि टु जि प्रक्रियाबाट हतियार खरिद गर्ने नियर्णय गरेपनि नेपालको सार्वजनिक खरिद ऐनका कारण उक्त निर्णय कार्यन्वयनमा आउन लामो समय लागेको हो।

नेपालको सार्वजनिक खरिद ऐनअनुसार तीन चरणमा भुक्तानी दिनुपर्ने तर अमेरिकाले सुरुमा सम्पूर्ण भुक्तानी माग्ने गरेका कारण हतियार खरिद प्रक्रियामा ढिलाई हुँदै आएको हो। यहाँको सार्वजनिक खरिद ऐनअनुसार सुरुमा पेश्की, त्यसपछि प्रिडेलिवरी र अन्तिममा सबै भुक्तानी दिनुपर्ने व्यवस्था छ। भुक्तानी प्रक्रियाका कारण अलमल भएपछि सेनाले टेलिग्राफिक भुक्तानी मार्फत रकम बुझाएर हतियार ल्याउने तयारी गरेको छ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्