Logo

मौसम पूर्वानुमानः हिमालमा हिमपात, पहाडमा वर्षा र तराईमा शितलहर



काठमाडौं, पुस ४ । पश्चिमी वायुको प्रवेश नेपाल प्रवेश गरेसंगै देशभरको मौसममा बदली भएको छ । उच्च हिमाली भेगमा हिमपात जारी रहेको छ । भने देशको पूर्वदेखि पश्चिम तराईमा शितलहरले दैनिकी कष्ठकर बनेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसममा आएको परिवर्तनका कारण नेपालको तराई क्षेत्र बाक्लो हुस्सुबाट प्रभावित बनेको छ ।

चिसोका कारण दैनिक जनजिवन अस्तव्यत्त रहेको महाशाखाले जनाएको छ । महाशाखाले देशभरको मौसमबारे जानकारी गराउदै तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो साँझ सम्म हट्ने अनुमान गरेको छ । मौसममा सुधार नहुँदा तराईका अधिकांश क्षेत्रबाट हुने विहानका उडान तालिका प्रभावित बनेका छन् ।

बुधबार देखि जारी शित लहरले दिउँसो मात्रै आकास खुल्ने भएकाले विहान हुँदै आएका उडान तालिका दिउँसो मात्रै हुदै आएका छन ।बाक्लो हुस्सु सहितको शितलहरकै कारण तापक्रममा गिरावट आई चिसो बढेकाले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन सबैमा महाशाखाले अनुरोध छ।

महाशाखाका अनुसार आगामी सातासम्म मध्य र सुदुर पश्चिमका हिमाली तथा उच्च पहाडि भू(भागमा भारि हिमपात हुने र साताको सुरुमा पश्चिमका केहि स्थानमा र मध्य र पुर्वका थोरै स्थानमा हल्का बर्षा हुने देखिन्छ।



प्रतिक्रिया दिनुहोस्