Logo

बेलायती राजदुत पोलिट र नेकपा नेता नेपालबीच भेटवार्ता



काठमाडौं, ४ पुष । नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले नेकपाका वरिष्ठ नेता तथा विदेश मामला विभाग प्रमुख माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

शुक्रबार बिहान पूर्वप्रधानमन्त्री नेपालको नीजि निवास कोटेश्वरमा भएको भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले राजदूतको जिम्मेवारी सहित आएकोमा राजदुत पोलिटलाई स्वागत गर्नुका साथै कार्यकाल सफलताको शुभकामना दिएको नेता नेपालको सचिवालयले जारी गरेको प्रेस वक्तव्यमा जनाईएको छ ।

उनले लामो एवम् सुमधुर कुटनीतिक सम्बन्ध रहेका नेपाल र बेलायत बीचको सम्बन्धलाई थप प्रगाढ बनाउन र नयॉ उँचाई प्रदान गर्न यो कार्यकाल सफल हुने विश्वास समेत ब्यक्त गरे । नवनियुक्त बेलायती राजदूतले स्वागत एवम् शुभकामनाको लागि पूर्वप्रधानमन्त्री नेपालप्रति आभार प्रकट गर्दै करिब २० बर्ष पहिले शोधकर्ताको रूपमा नेपाल आएको र सुन्दर अन्नपूर्ण ट्रेकिङ रूटमा ट्रेकिङ गरेको स्मरण गरे।

उनले नेपालको राजनीति, लोकतान्त्रिक आन्दोलन र शान्ति प्रक्रियामा पूर्व प्रधानमन्त्री नेपालको भूमिकाबारे आफुले जानकारी पाएको कुरा उल्लेख गर्दै सबैको सहयोगमा नेपाल-बेलायत सम्बन्धमा सक्दो सकारात्मक योगदान दिने बताए। उनीहरुबीच नेपाल–बेलायत सम्बन्धका बिबिध पक्ष एवम् सहयोग र संभावनाका बिषयमा समेत कुराकानी भएको छ ।



प्रतिक्रिया दिनुहोस्