Logo

नेकपा संसदीय दलको बैठक सुरु



काठमाडौं, ४ पुष । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसद भवन परिसरमा बैठक सुरु भएको छ । आजबाट सुुरु हुने प्रतिनिधि सभाको बैठकअघि नेकपाको संसदीय दलको बैठक बसेको हो ।

बैठकमा संसदको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने बैठकमा प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी ओली भने उपस्थित छैनन्। एपेन्डिसाइटिसको अपरेसनपछि प्रधानमन्त्री ओली बालुवाटार बाहिरका कार्यक्रममा सहभागी भएका छैनन्। स्वास्थ्यकै कारणले गर्दा प्रधानमन्त्री ओली नेकपा स्थायी कमिटी बैठकमा समेत उपस्थित भएका छैनन्। 

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot