Logo

प्रचण्ड जवाफ दिन तयार



काठमाडौं, ५ पुष । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आजपनि बस्दैछ । पार्टी मुख्यालय धुम्बाराहीमा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । गत मंसिर २९ देखि बसेको बैठकमा पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।

आजको बैठकमा स्थायी कमिटी सदस्यहरुले उठाएका प्रश्नको नेतृत्वबाट जवाफ दिने कार्यक्रम छ । अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीको सल्लाहमा नै जवाफ दिने तयारी गरेको स्रोतले जनाएको छ । पार्टी एकीकरण प्रक्रिया,सरकारको कामकारवाहीलगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।

अमेरिकी सहायता सम्बन्धी निकाय एमसीसीको विषयमा भने उनीहरुको मत विभाजित भएको थियो । बैठकमा सचिवालय समावेशी नभएको भन्दै समावेशी बनाउनका लागि यसलाई विस्तार गर्नुपर्ने धारणा पनि सदस्यहरुले राखेका थिए । एक वर्ष पछि बसेको बैठकमा अध्यक्ष दाहालको जवाफअघि महासचिव पौडेलले आफ्नो धारणा राख्नेछन् ।

रोचक त के भने स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरुले सरकारको कामकारबाहीको आलोचना गरेका थिए । प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीको अनुपस्थितिमा जारी बैठकमा अधिकांश सदस्यहरुले सरकारको विरुद्धमा आफ्नो धारणा राखेका थिए । सरकारले जनअपेक्षाअनुसार काम गर्न नकसकेको उनीहरुको गुनासो थियो । सरकारको विरोध गर्ने सदस्यहरुमा बरिष्ठ नेता माधकुमार नेपाल पक्षधर नेताहरु नै रहेको बुझिएको छ । file photo/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot