काठमाडौं, ५ पुष । आज काठमाडौंमा १३ औँ संस्करणको काठमाडौँ म्याराथनको आयोजना गरिएको छ । उक्त म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावलले जितेका छन् । शनिबार त्रिपुरेश्वरस्थित् दशरथ रंगशालाबाट विहान ७ बजे सुरु भएको म्याराथनमा आर्मीकै बेद बहादुर सुनारलाई पछि पार्दै नरेन्द्रले उपाधि जितेका हुन् । आर्मीकै ज्ञान प्रसाद भट्टराई तेस्रो भए ।
४२ किलोमिटरको दूरी नरेन्द्रले २ घण्टा ३३ मिनेट २३ सेकेण्डमा पूरा गरेका थिए । यस्तै दोस्रो स्थानमा रहेका बेदबहादुर सुनुवारले २ घण्टा ३४ मिनेट १० सेकेण्ड तथा तेस्रोमा रहेका ज्ञानप्रसाद भट्टराईले २ घण्टा ३४ मिनेट ४५ सेकेण्डमा दूरी पूरा गरे ।
महिला तर्फको उपाधि कान्छिमाया कोजुले लगातार तेस्रो पटक जितेकी छन् । उनले निर्धारीत दुरी २ घण्टा ५७ मिनेट २४ सेकेण्डमा पुरा गरेकी हुन् । यसअघिका दुई संस्करणमा पनि उनले उपाधि जितेकी थिइन् ।
यस्तै हाफ म्याराथनमा त्रिभुवन आर्मीका राजन रोक्का र पूर्णलक्ष्मी न्यौपानेले स्वर्ण पदक हात पारेका छन् । पाँच किलोमिटरतर्फ पुरुषमा अजितकुमार यादव पहिलो र गजेन्द्र राई दोस्रो बने ।
तेस्रो स्थानमा शिवबहादुर रायमाझी रहे । महिला तर्फ आर्मीकी सरस्वती भट्टराई पहिलो तथा पुलिसकी विर्सना कुमाल दोस्रो भइन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम