Logo

प्रधानमन्त्रीको ट्वीटर ह्याक भएपछि बालुवाटारमा खैलाबैला



काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले ह्याण्डल गर्दै आएको आफ्नो ट्विटर अकाउन्टै नै ह्याक भएको खुल्न आएको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकार तथा नेकपाका केन्द्रिय सदस्य सुर्य थापाले यसको पुष्टि गरेका छन् ।भारतीय कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीको ट्विट ओलीको अकाउन्टबाट रि–ट्विट भएपछि यो कुरा खुल्न आएको छ ।

आफ्नो ट्वीटर अकाउन्ट ह्याक गरेर विवादस्पद रिट्विट भएपछि प्रधानमन्त्री ओली आक्रोशित बनेका छन् । उनले यसबारेमा यथाशक्य चाँडो छानबिन गरेर दोषी पत्ता लगाउन निर्देशन समेत दिईसकेका छन् । उनका प्रेस सल्लाहकार थापाले पनि उक्त प्रकरणमा छानबिन भैरहेको जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्