अमेरिकाको अन्तरीक्ष फौजले बजेट प्राप्त गरेको छ । राष्ट्रपति शुक्रबार डोनाल्ड ट्रम्पले बजेट घोषणा गरेका हुन् ।
ट्रम्पले एक समारोहबीच अन्तरीक्ष फौजलाई बजेट विनियोजन घोषणा गरेका हुन् । ७० वर्ष पुरानो अमेरिकी हवाई सैनिक अन्र्तगत रहने गरी अन्तरीक्ष फौजले काम गर्ने जनाइएको छ ।
बजेट विनियोजन घोषणा पछि ट्रम्पले अन्तरीक्षको प्राथमिकता अमेरिकाको राष्ट्रिय सुरक्षासँग जोडेको बताए । अमेरिकी सैनिकलाई ७३८ अर्ब डलरको बजेट विनियोजत गर्दा अन्तरीक्ष सैनिकलाई पनि छुट्याइएको हो । अन्तरीक्ष सैनिकलाई पहिलो वर्ष चार करोड डलर विनियोजन गरिएको छ ।-एजेन्सी Photo Source: thedrum