धनुषा, ५ पुस । १५ हजार घुससहित नेपाल प्रहरीका सईलाई अख्तियार टोलीले धनुषाबाट नियन्त्रणमा लिएको छ ।
धनुषाका यज्ञभूमि प्रहरी चौकीमा कार्यरत प्रहरी निरीक्षक कालीचरण पंजियारलाई अख्तियार अनुसन्धान कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको हो । उनले दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै स्थानीयसंग घुस लिदैँ गर्ने क्रममा पक्राउ परेका हुन् ।
कालीचरणलाई थप अनुसन्धानको लागि आयोगको केन्द्रिय कार्यालय काठमाण्डैँ पठाइएको छ ।