Logo

स्थायी कमिटीको बैठकमा प्रचण्डद्धारा सरकारको बचाउ, सचिवालय सदस्य थप्न प्रस्ताव



काठमाडौं, ५ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रिय कमिटीको बैठक यही पुष २० गतेको लागि बोलाएको छ । आज सम्पन्न स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । पार्टी एकतापछिका विभिन्न एजेन्डामाथि छलफल गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ। पुस २० गते केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

आजको स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए । स्थायी कमिटी सदस्य मणि थापाले दिएको जानकारीअनुसार बैठकमा अध्यक्ष दाहालले राष्टिय परिस्थितिको बारेमा सुरुमा आफ्नो धारणा राखेका थिए । उनले भने,‘अध्यक्षले दिनुभएको जवाफमा राष्ट्रिय परिस्थिति अनुकुल गैरहेको छ भन्नुभयो ।’

त्यस्तै, अध्यक्ष दाहालले ईण्डो पयासिफिककै अंग नभए एमसीसीको सहयोग नेपाल सरकारले लिन हुनेपनि सुनाएका थिए । उनले भने,‘यदि एमसीसी ईण्डो–प्यासिफिक स्टा«टेजीको अंग होईन भने यसको सहयोग लिन हुन्छ भन्नुभयो । तर, अमेरिकाले एमसीसी ईण्डो–प्यासिफिक स्टा«टेजीको अंग हो भनेको छ, यसबारेमा अमेरिकासँग छलफल गर्न सकिन्छ ।’

त्यस्तै, उनले सचिवालयमा सदस्य नथप्ने पनि स्पष्ट पारे । उनले भने,‘तर, सचिवालयमा सदस्य थप्नेबारे प्रस्तावको रुपमा केन्द्रिय समितिसमक्ष लैजाने अध्यक्ष दाहालले कुरा गर्नुभएको छ ।’ सरकारको बारेमा पनि अध्यक्ष दाहालले अहिले जे काम भैरहेको छ त्यो ठिकै छ र सकारात्मक रुपमा गैरहेको अभिव्यक्ति दिएको थापाले सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot