Logo

भौतिकवादबाट अध्यात्मवादतर्फ प्रचण्ड परिवार



काठमाडौं, ५ पौष । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड साम्यवादी विचारधाराका हुन् । कार्ल माक्र्सको भौतिकवादी विचारबाट प्रचण्ड प्रभावित छन् । धर्मलाई अफिम भनेका कार्ल माकर्सको विचारधारासँग सहमत उनी माओवादलाई अंगिकार गर्दै दश वर्ष जनयुद्धको नेतृत्व समेत गरे ।

धर्मविरोधी परिचय बनाएका प्रचण्ड राजनीतिक मूलधारमा आएपछि केही विवादास्पद कम चाले । पशुपतिनाथमा पूजारी परिवर्तनमा मुछिए । यसले उनलाई सामाजिक र राजनीतिक रुपमा पनि झड्का लाग्यो । त्यसपछि प्रचण्डले धेरैलाई आश्चर्यचकित पार्ने व्यवहार देखाए । हिन्दु धर्मगुरुसँग भेटघाट गर्न थाले ।

यतिसम्मकी चतराका धर्मगुरु सिद्धबाबालाई भेटेर भैंसी पूजा समेत गरे । प्रचण्डको भैंसी पूजालाई धेरैले अध्यात्मवादतर्फ प्रचण्डको झुकावका रुपमा लिए ।
प्रचण्ड मात्र नभई सीता दाहाल नै पुत्र र पुत्रीवियोगबाट शोकमा डुबे । प्रकाश दाहालको निधनपछि प्रचण्डकी धर्मपत्नी सीता दाहाल विक्षिप्त बनिन् । उनलाई रोगले च्याप्यो । पत्नीको उपचारका लागि प्रचण्डले विभिन्न विकल्प रोजे । एक समारोहबीच सीता दाहालसँग विवाह पनि गरे ।

प्रचण्ड परिवारले अध्यात्मिक विकल्प रोज्यो । आध्यात्मिक गुरुहरुबाट सुझावहरु लिए । पछिल्लो समय पतञ्जली योगपीठसम्म सीता दाहाललाई पुर्याइएको छ । छोरी गंगा दाहाल र पूर्वमन्त्री मातृका यादवसहित पुगेर हरिद्धारस्थित बाबा रामदेवको पतञ्जली योगपीठ लगियो । योग र जडिबुटीबाट उपचारको विधि अपनाइएको छ ।

अध्यात्मवादी बाबा रामदेवसँग प्रचण्ड परिवारको भेटलाई निकै अर्थपूर्ण मानिएको छ । भौतिकवादबाट प्रचण्ड परिवार अध्यात्मवादतर्फ समेत झुकाव बढाउन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot