काठमाडौ, पुस ६ । दैलेखस्थित ठाटीकाँध गाउँपालिका वडा नम्बर २ का अध्यक्ष धीरबहादुर शाही अपहरणमा परेका छन् । शनिबार राती एक दर्जन भन्दा बढिको संख्यामा आएका अज्ञात समुहले उनलाई सुतिरहेको समयमा घरबाटै अपहरण गरेको हो ।
श्रीपाटामा रहेको आफ्नो घरमा सुतिरहेका उनी मध्यरातमा अपहरणमा परेको उनको परिवारिक स्रोतले जनाएको छ । अपहरणमा विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।घटनाबारे सोधपुछ भईरहेको समेत प्रहरीले जनाएको छ ।