Logo

क्रिश्चियनका नाममा गलत कार्य, पोप



काठमाडौँ, ६ पुस । क्रिश्चियन धर्मगुरु पोप फान्सिसले क्रिश्चियन धर्मका नाममा भएका गलत कार्यले धर्म प्रतिको आस्था र विश्वास गुमेको बताएका छन् । आधुनिक संसारमा क्रिश्चियन विश्वासप्रति कम विश्वास देखिन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले क्रिसमसको परम्परागत शुभकामना आदन प्रदान कार्यक्रममा शनिबार यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले भ्याटिकन सिटीको उच्च प्रशासकीय अंग क्यूरियामा रहेको कर्मचारितन्त्रमा गुट र विश्वासघात अन्त्य हुनपर्नेमा जोड दिए । पोपले क्रिश्चियन धर्मप्रतिको विश्वास कम भएको भन्दै सम्वद्ध नेतृत्वको आलोचना गरे ।

अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्