Logo

विदेशमा रहेकाबाट एक अर्ब उठाइँदै



काठमाडौँ, ६ पुस । सरकारले चालु आवमा विदेशमा रहेका नेपालीबाट १ अर्ब रुपैयाँ बचत ऋण उठाउने भएको छ । वैदेशिक रोजगार बचत–पत्रमार्फत सरकारले रोजगारीका लागि विदेश गएका र गैरआवासीय नेपालीबाट उक्त रकम उठाउन लागेको हो । विदेश रहेका नेपालीलाई राष्ट्रिय बचतमा सहभागी बनाउने उद्देश्यले वैदेशिक रोजगार बचत–पत्र बिक्री खुला गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले सरकारको स्वीकृतिमा बचत संकलन सुरु गरिसकेको छ । उसले पहिलो चरणमा २० करोड रुपैयाँ संकलन गर्दै छ । यसका लागि पुस १ देखि नै बिक्री खुला गरेको छ । योग्यता पुगेका इच्छुक नेपालीले पुस २१ सम्म आवेदन दिन सक्नेछन् । बचत–पत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारका सदस्य ९बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र० का नाममा खरिद गर्न पाउँछन् । यो बचत–पत्र ५ वर्ष अवधिको हो । यसमा लगानी गरेबापत वार्षिक १० प्रतिशत ब्याज पाइन्छ । ब्याज ६र६ महिनामा भुक्तानी हुन्छ । लगानीकर्ताले घटीमा ५ हजार र बढीमा ५ हजारले भाग गर्दा निस्शेष हुने गरी लगानी गर्न पाउनेछन् । यही बचत–पत्र धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनरदिन पाइन्छ ।

वैदेशिक रोजगार बचत–पत्र नयाँ अवधारणा होइन । आव ०६६ र ६७ देखि नै यस्तो बचत–पत्र निष्कासन सुरु गरिएको हो । आव ०७४र७५ सम्म करिब ११ अर्ब रुपैयाँ बराबर वैदेशिक रोजगार बचत–पत्र निष्कासन भइसकेको छ । त्यसमध्ये ५।२९ प्रतिशत बचत–पत्र मात्र बिक्री भएको छ । गत वर्ष सरकारले ढिलो गरी आन्तरिक ऋण उठाएकाले बचत–पत्र निष्कासन भएन । सरकारले गत वर्ष आर्थिक वर्षको अन्त्य जेठ र असारमा लक्ष्यको आधा मात्र आन्तरिक ऋण उठाएको थियो ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot