Logo

वामदेवलाई उपाध्यक्ष बनाउन नेकपा स्थायी समितिको निर्णय



काठमाडौं, ६ पौष । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समिति बैठकले पारित गरेको छ । सचिवालयबाट स्थायी समितिसम्म पारित भएको प्रस्तावको अन्तिम टुंगो केन्द्रीय समितिले लगाउनेछ । त्यसपछि गौतम उपाध्यक्ष हुनेछन् ।

२१ साउनको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेपनि स्थायी समितिले अनुमोदन गरिसकेको थिएन । समितिले अनुमोदन गरेपछि उनी उपाध्यक्ष बन्ने निश्चित भएको छ ।

स्थायी समिटिले पारित गरेको निर्णयबारे अन्तिम निर्णय केन्द्रीय समितिले गर्नेछ । केन्द्रीय समितिले पारित गरेपछि गौतम उपाध्यक्ष बन्नेछन् । २३ पौषबाट नेकपा केन्द्रीय कार्यसमिति बैठक बस्नेछ । बैठकले स्थायी समितिले गरेका निर्णयहरुबारे छलफल गरी अन्तिम निर्णय गर्नेछ ।- File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot