उत्तर कोरियाको ताजा तस्बिर सेटेलाइटद्धारा सार्वजनिक भएको छ । सो तस्बिरमा उत्तर कोरियाको सैन्य गतिविधिलाई दर्साएको छ । तस्बिरमा लामो दूरिको ब्यालिस्टिक मिसाइलहरु उत्पादन भइरहेको देखिएको छ ।
इन्टर कनटिनेन्टल ब्यालिस्टिक मिसाइल कार्यक्रमकोलागि मार्च १६ कारखानामा मिसाइल बोक्न सक्ने ठूला ट्रकहरु समेत उत्पादन भइरहेको जनाइएको छ । गत केही वर्ष देखि उत्तर कोरियाले चीनबाट ठूलो मिसाइल बोक्ने ठूला ट्रकको लागि चेसिसहरु आयात गरिरहेको छ । सैन्य शक्तिलाई शक्तिशाली बनाउन उत्तर कोरियाले आफ्नो सो कारखानालाई विस्तार गरिरहेको समेत जनाइएको छ ।
अेमेरिकालाई क्रिस्मस उपहारको रुपमा लामो दूरिको ब्यालिस्टिक मिसाइल दिने कारण आफ्नो काम तिब्र गतिमा गरिरहेको जनाइएको छ । अेमेरिकी अधिकारी अनुसार उत्तर कोरियाले आफ्नो मिसाइल कार्यक्रमलाई तिब्रता दिन थुप्रै किसिमको इन्जीनहरुको परिक्षण गरिरहेको जनाएका छन् । तर, अेमेरिकी सिनियर कमाण्डर अन्सार उत्तर कोरियाले जस्तो खालका गतिविधि गरेपनि प्रतिरक्षाका लागि तयार रहेको बताएका छन् ।
उत्तर कोरियाले विगत केही महिनादेखि आफ्नो मिसाइलहरुको परिक्षण र उत्पादन गरिरहेको अमेरिकी खुफिया एजेन्सीले जनाएको छ । ट्रमप सरकारले उत्तर कोरिया र अमेरिकाबीचको आणविक द्धन्द्धलाई कम गर्ने प्रयास गरिरहेका हुँदा पनि उत्तर कोरिया भने सो वार्तालाई बारम्बार उलंघन गरिरहेका छ । उत्रर कोरिया आफ्नो मिसाइल कार्यक्रम मार्फत अमेरिकालाई निशाना बनाइरहेको जनाइएको छ ।