Logo

रुसले भारतीय विमान वाहकको स्पेयर पार्टस् आपूर्ति गर्ने



रुसको शिपयार्डले भारतीय विमान वाहक विक्रमादित्यको स्पेयर पार्टस् आपूर्ति गर्ने निर्णय गरेको छ । भारतको अनुरोधमा विक्रमादित्यको स्पेयर पार्टहरु रुसी शिपयार्डले आपूर्ति गर्ने जनाइएको छ । विक्रमादित्य एक विशाल वाहकको रुपमा परिचित रहेको छ ।

विमान वाहकलाई अत्याधिक मात्रामा मर्मत गरिरहनु पर्दा भारतले स्पेयर पार्टको लागि रुसलाई आग्रह गरेको छ । विक्रमादित्यले करिब २० बटा मिग २९ के र मिग २९ के यू बी जस्ता विमानहरु राख्ने क्षमता भएको वाहक हो ।

त्यसले करिब १० हेलिकप्टर राख्ने क्षमता दिएको छ । भारतीय सैनिकलाई विक्रमादित्यको केही स्पेयर पार्ट सन् २०१३ मा रुसले पठाएको थियो । Photo Source : Wikipedia



प्रतिक्रिया दिनुहोस्