अमेरिकी अन्तरीक्ष बलको विस्तार बारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो छैठो बलको रुपमा अन्तरीक्ष बलको स्थापना गरेको थियो ।
अमेरिकाले यस नयाँ बलको स्थापना संगै सम्पूर्ण देशलाई चुनौती दिएका थिए । यस प्रति रुसी राष्ट्रपति पुटिनले चर्को आपत्ती दिएका छन् । पुटिनले अन्तरीक्षमा अमेरिकी बलले गलत गतिविधि गर्ने कुराको ध्यानआर्कषण गराएका हुन् ।
अन्तरीक्ष बलप्रति चीनले पनि चर्को आलोचना गरेको छ । चीनका अनुसार विगतमा अन्तरीक्ष शान्त र सुरक्षीत भएता पनि अब अन्तरीक्षमा भीड र बिद्रोह बढ्न सक्ने जनाइएको छ । अन्तरीक्षको गतिविधिलाई सुपरपावर मुलुकहरुले विगत केहि दशक देखि तीब्रता दिएको छ ।
सन् २००७ मा रुस र चीनले उपग्रह मिसाइललाई अन्तरीक्षमा पठाएको थियो । सो उपग्रहलाई चुनौती दिन अमेरिकाले आफ्नो अन्तरीक्ष बलको स्थापना गरेको जनाइएको छ । अमेरिकी अन्तरीक्ष बलले रुस र चीनको मिसाइललाई ध्वस्त पार्ने योजना स्वीकार्य नहुने समेत चेतावनी दिएका छन् ।