Logo

ठट्टा–मजाक बन्यो त्रिवि उपकुलपतिको प्रतिबद्धता



काठमाडौं, ७ पुस । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले फेरि भागवण्डाको राजनीति शुरू भएको छ। करिब डेढ महिनाअघि उपकुलपति नियुक्त हुनुभएका प्राडा बास्कोटाले केही दिनअघि पूर्वएमाले निकट दुई जनालाई उच्च पदमा नियुक्ति गरेर आफ्नो प्रतिबद्धतालाई मजाक बनाएको छ।

पूर्वएमालेको कोटाबाट उपकुलपतिमा नियुक्त हुनुभएका प्रा.डा. बास्कोटाले पद बहाली भएकै दिन आफूले कुनै पनि राजनीतिक भागवण्डा नगर्ने र त्रिविलाई स्वतन्त्ररूपमा सञ्चालन गर्ने बताएको थियो। तर, त्यसविपरीत पोखरास्थित वन विज्ञान क्याम्पसका क्याम्पस प्रमुखमा रामप्रसाद शर्मा र मानविकी संकायको सहायक डीनमा ताराकान्त भुसाललाई नियुक्त गरेको छ। अघिल्ला उपकुपति प्रा.डा. तीर्थराज खनियाको बाटो पछ्याउँदै उनले दुवै जनालाई तीनमहिने जिम्मेवारी दिएको छ।

त्रिवि कार्यकारी परिषद्को बैठकले तीनमहिने नियुक्ति दिन नमिल्ने भएपछि उपकुलपति प्रा.डा. बास्कोटा आफैले अधिकार प्रयोग गरी खुसुक्क नियुक्ति भएको हो। आफूलाई स्वच्छ भएको दाबी गर्दै हिँड्ने बास्कोटा आफ्नो नियुक्तिको छोटो समयमै आलोचित भएको छ।
नेपाल समाचारपत्रबाट



प्रतिक्रिया दिनुहोस्