Logo

सरकारले गरिवी निवारण गर्ने कामलाई जोड दिएको छ : मन्त्री गुरुङ



काठमाडौं, ७ पुष । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मानव बेचबिखन हुन नदिन सरकारले गरिवी निवारण गर्ने कामलाई जोड दिएको बताएका छन् ।

मन्त्री गुरुङले मानव बेचबिखन हुनुको मुख्य कारण गरिवी रहेको औंल्याउँदै त्यसको अन्त्य गर्ने अभियानमा अघि बढेका सबै संघ, संस्थासँग सहकार्य गरेर अघि बढन सरकार प्रतिवद्ध रहेको पनि बताए ।

‘मानव बेचबिखनको मुख्य कारण गरिवी हो,’ सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने, ‘मानव बेचबिखनलगायतका घटना हुन नदिन गरिवी निवारणको क्षेत्रमा इमान्दार भएर काम गर्न म सबै सामाजिक संघ, संस्थाहरुलाई आग्रह गर्दछु ।’

मन्त्री गुरुङले मानव बेचबिखनविरुद्धको अभियानमा उत्कृष्ट काम गर्ने संघ, संस्थालाई सरकारले पुरस्कृत गर्ने र त्यस अभियानको नाममा गलत काम गर्ने संघ, संस्थालाई कडा कार्वाही गर्ने पनि बताए ।

कार्यक्रममा विज्ञहरुले मानव बेचबिखन र महिला हिंसाविरुद्धको अभियानलाई प्रभावकारी बनाउन त्यसका कारणहरुको खोजी गर्नुपर्ने आवश्यक्ता औंल्याएको थिए ।



प्रतिक्रिया दिनुहोस्