काठमाडौं, ७ पुष । नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरी आफ्नो तीन वर्षे कार्यकाल सम्पन्न गरे स्वदेश फर्किने तयारीमा छन् । तर, उनी भारत फर्किनुअघि नेपालमा उनको भव्य विदाईको कार्यक्रमहरु आयोजना गर्न थालिएका छन् । आजमात्रै मात्रै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुरीलाई बिदाइ गरेका छन् ।
पुरीको विदाईको अवसरमा उनले दिवा भोजको आयोजना नै गरेका छन् । सोमबार देउवाले पुरीलाई बूढानीलकण्ठस्थित निवासमै बोलाएर पुरीको बिदाइ गरेका हुन् । यो क्रममा देउवाले काँग्रेसका शीर्ष नेताहरु समेतलाई बोलाएका थिए । राजदूत पुरी आफ्नो तीनवर्षे कार्यकाल पूरा गरेर यही पुस १५ गते स्वदेश फर्किने तयारीमा छन् । file photo