Logo

चीन र दक्षिण कोरियाका राष्ट्रपति बीच भेटवार्ता



७ पुस । चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता गरेका छन् । बेइजिङ्स्थित ग्रेट हल अफ पिपुलमा उनीहरुका बीचमा भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

आफूहरुकाबीचमा रणनीतिक साझा साझेदारिता, ठोस चासो र मुख्य सरोकारका विषयमा एक अर्कालाई सघाउने र उच्चस्तरीय दुई पक्षीय सम्वन्धलाई थप सुधार गर्दै लैजानेलगायतका विषयमा छलफल भएको सिले बताएका छन् ।

चीन—जापन—दक्षिण कोरियाका शिर्ष नेताहरुको आठौँ बैठकमा सहभागी हुन मुन चीन आएका हुन् । चीनको दक्षिणपश्चिमी सहर छेन्दुमा मङ्गलबार सो बैठक हुन लागेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot