Logo

भगवान विष्णुको शंख, चक्र, पद्दम र गदाको अर्थ



वेद अनुरुपको धर्म भनेको वैदिक धर्म हो । यसलाई सनातन धर्म पनि भनिन्छ । सनातनको अर्थ अनन्त हो, जुन सदाकाल रहिरहन्छ । जसको न त सुरुवात छ न अन्त नै छ । यो ब्राह्माण्डको सुरुदेखि नै हो । सनातन धर्ममा, मुर्तिपुजाको महत्व जीवनमा एकको विश्वास केन्द्रित गर्न र भावनात्माक हिसाबले इश्र्वरीय सकरात्मक उर्जासंग जोडिएको छ ।

संसार सुचारु गर्नका लागि ३३ कोटी देवताहरु छन् जसमा बह्माले ब्रह्माण्डको सृष्टि गरे । विष्णु ब्रह्माण्डको अनुुसरण गर्छन् । विष्णु चर्तुभुज हुन् र उनीसंग चारवटा पाखुरा छन्, जसमा उनले शंख, सुर्दर्शन चक्र, गदा र पद्दम समातेका छन् । के हामीले कहिल्यै सोचेका छौ त विष्णु मुर्तिले हामीलाई के गुणहरु दर्शाउँछ र सिकाउँछ ।

शंख ध्वनिको प्रतिक

भगवान विष्णुले धारण गरेको शंख नाद (ध्वनि) को प्रतिक हो । शंख ध्वनि ओम आवाज संग मिल्छ । यसले नकरात्मक उर्जालाई नष्ट गरेर सकरात्मक उर्जा समेत प्रसारित गर्दछ । यो आवाजले हाम्रो शरीरमा आवाज अवस्थित छ भन्ने पनि बताउँछ । त्यो आत्मा ध्वनी हो, जसलाई आत्माको आवाज भनिन्छ । जसलाई प्रत्येक राम्रो वा नराम्रो कार्य भन्दा पहिले हामीभित्र गुज्याउँछ ।

यदि हामी यो आवाज सुन्दछौ र कामहरु गछौ भने जीवन एकदम सजिलो र सरल हुन्छ । शंख आत्माको साथ जोडीएको र अन्र्तमुखी बन्ने आत्माको शिक्षाको प्रतिक हो । शंख बज्दा वैज्ञानिक फाइदा पनि छन् शंख मानिसको फोक्सोसंग सजिलै जोडिएको हुन्छ । स्मरणशक्तिले सुन्न र मुखको तीखोपन बढाउँछ ।

सुदर्शन चक्र अचुक हतियार

सुदर्शन चक्र भगवान विष्णुको अचुक हतियार हो । यो दुरदर्शिता र दृढ संकल्पको प्रतिक हो । निर्धारित शुभ मार्गमा हिडेर जीवित जीव सधै आफ्नो लक्ष्यमा पुगी विजयी हुन्छ । चक्रले दर्शन र दृढ हुनुपर्ने शिक्षा दिन्छ ।

पद्दमले मोहबाट मुक्त हुने शिक्षा दिन्छ

पद्दम (कमलको फुल) सत्य, एकाग्रता र टुकडीको प्रतिक हो । जसरी कमलले माटोमा बस्दा पनि आफुलाई सफा राख्छ त्यसरी नै संसारको माटोमा रहेको जीवले मायाका साथ आफुलाई सफा राख्नुपर्छ ।

संसार बाँचोस् तर संसारलाई आफुभित्र आउन नदिनुस् । कमलले मोहबाट छुटकरा पाउन र ईश्वरीय चेतनामा लिप्त हुन सिकाउँछ । जसरी माटो कमल अस्तित्वको मात्र आवश्यकता त्यसरी नै सांसारिक वस्तु भनेको मानिसको आवश्यकता मात्र हो ।

गदाले न्यायप्रणाली देखाउँछ

गदा असीम शक्ति, ईश्वरको शक्तिको प्रतिक हो । कामहरु अनुसार परमेश्वरले जीवलाई सजाय दिनुहुन्छ । यसले ईश्वरीय न्याय प्रणालीलाई बताउँछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot