Logo

विराटनगरका असई अख्तियारको नियन्त्रणमा



विराटनगर,७ पौष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहालविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । उनीमाथि घुस लिएको अभियोगमा सोमवार अख्तियारले मुद्धा दायर गरेको जनाएको छ ।

दाहाललाई ७ हजार घुस लिएको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । सेवाग्राहीलाई अनावश्यक दुख हैरानी दिई बिभिन्न खाद्य सामग्रीहरु ओसारपसारमा सहजीकरण गरिदिने प्रयोजनको लागि घुस रकम माग गरेको गोप्य सूचनाको आधारमा अख्तियारले घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।



प्रतिक्रिया दिनुहोस्