Logo

मिसावट घिउ उत्पादक अख्तियारको फन्दामा



पर्सा, ७ पुस । नक्कली घिउ उत्पादन तथा बिक्री बितरण गरेको अभियोगमा उद्योगी पक्राउ परेका छन् । बीरगंज महानगरपालिका १५ लक्ष्मणवा ब्रहमचोकबाट तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ३३ वर्षीय अनिल श्रेष्ठ, ३७ वर्षीय रमेश श्रेष्ठ र भारत विहार मोतिहारी बस्ने २५ वर्षीय राम विलास यादव रहेका छन् । सोही ठाउँमा अनिलले संचालन गरेको सिद्धिबिनायक पूजा सामाग्री प्रोडक्टस उद्योगमा रसायन मिसावट गरी पूजा, दुर्गा र गोकुल शुद्द घिउको स्टिकर लगाई नक्कली घ्यु उत्पादन तथा बिक्री बितरण गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

उक्त उद्योगबाट पुजा, दुर्गा र गोकुल नाम गरेको व्राण्डको ५२ कार्टुन घ्यु, डाल्टा घिउ २९ कार्टुन तथा सो बनाउन प्रयोग हुने रसायन र भाँडाकुँडा र लेवलिङ गर्न प्रयोग हुने बिभिन्न ब्राण्डको स्टिकरहरु समेत प्रहरीले बरामद गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्