Logo

स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित



काठमाडौँ, ८ पुस। हरेक नागरिकलाई स्वास्थ्य सेवाको पहुँचभित्र राख्नका लागि राज्यले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट हालसम्म २५ लाख नागरिक लाभान्वित भएका छन् । हालसम्म ४९ जिल्लामा कार्यक्रम लागू भइसकेको छ भने थप ११ जिल्लामा पनि स्वास्थ्य बीमा लागू गरिँदैछ ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलका अनुसार हालसम्म २४ लाख ५० हजार जनसङ्ख्या स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भइसकेका छन् । ४८० स्थानीय तहमा समेत कार्यक्रम पुगिसकेको छ । कुल सात लाख ११ हजार परिवार स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन् । त्यसमा छ लाख ११ हजार गरिब परिवार, अति विपन्न परिवारलाई पनि आबद्ध गरिएको जानकारी पोखरेलले दिए।

डाइलासिस निःशुल्क
ओखलढुङ्गा लिखु गाउँपालिकाकी ३४ वर्षीया अनिता बस्नेतको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । राज्यले अनितालाई नियमित डाइलासिस निःशुल्क उपलब्ध गराएको छ तर उनलाई औषधि, नियमित ल्याब परीक्षणका लागि भने पैसा तिर्नैपर्छ ।
छ महिना अघिसम्म भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डाइलासिस गराउन आएपछि सबैले स्वास्थ्य बीमा गर्न सुझाव दिए । स्वास्थ्य बीमा गरेको तीन महिनापछि उनको औषधि, स्वास्थ्य परीक्षण लगायतका स्वास्थ्य सेवा निःशुल्क उपलब्ध भइरहेको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्