काठमाडौँ, ८ पुस । यति समूहले नियमविपरीत लुम्बिनी क्षेत्रमा होटल सञ्चालन गरिरहेको छ । यहाँको सबैभन्दा पुरानो होटल होक्केको व्यवस्थापन चार वर्षयता यतिले गरिरहेको हो । लुम्बिनीस्थित होक्के होटल, जसलाई ४ वर्षयता यति समूहले सञ्चालन गरिरहेको छ ।
लुम्बिनीकै विहार क्षेत्रमा समूहका दिवंगत अध्यक्ष आङछिरिङ शेर्पाको स्मृतिमा विहार बनाउन लागिएको छ । त्यसका लागि कोषले करिब चार बिघा जग्गा दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ४ मा विहारको शिलान्याससमेत गरिसकेका छन् । कोषको विनियमावलीअनुसार जसले सञ्चालनका लागि सुरुमा सम्झौता गरेको छ, उसैले मात्र होटल चलाउन पाउँछ । कागजी रूपमा होटल सञ्चालनको जिम्मा होक्के क्लब अफ जापानसँग छ । व्यवस्थापन परिवर्तनबारे लुम्बिनी विकास कोषले अनभिज्ञता प्रकट गरेको छ । मध्य अवधिमा आएर सम्झौता हेरफेर नहुने कोषले जनाएको छ । व्यवस्थापन फेरिएको बारे कतै जानकारी नभए पनि होटलको वेबसाइटमा सम्पर्कका लागि यति कम्प्लेक्स काठमाडौं उल्लेख गरिएको छ । कर्मचारीका अनुसार प्रभावका आधारमा यति समूहले पुरानो र अत्याधुनिक जापानी परम्परागत शैलीका तीन र पश्चिमा शैलीका २४ कोठासहितको होक्के होटल सञ्चालन गरिरहेको हो । यतिले होटल सञ्चालन गर्दै आएको जानकारी लुम्बिनी विकास कोषलाई नरहेको निमित्त सदस्य सचिव सरोज भट्टराईले बताए ।
‘होटल सञ्चालन सम्झौता होक्के क्लब अफ जापानसँग मात्र छ,’ कोषका योजना प्रबन्धकसमेत रहेका भट्टराईले भने, ‘अरूलाई हामी चिन्दैनौं ।’ होटल सञ्चालनका लागि नवीकरण र पत्राचार जापानी संस्थासँग मात्र हुने उनले बताए । व्यवस्थापन फेरिएको बारे सोधपुछ थालिएको उनको भनाइ छ । सुरुमा २५ वर्षको सम्झौता भएकोमा पछि १० वर्षका लागि नवीकरण भएको छ । उक्त होटलमा पर्यटकको चाप हुन्छ । होटल रहेको जग्गाको भाडा सस्तो छ । न्यून लगानीमा धेरै नाफा हुने भए पनि आँखालागेको स्थानीयले बताए । उक्त होटल १९९१ जनवरी १० बाट सञ्चालनमा छ । करिब १२ वर्ष होक्के क्लब अफ जापान आफैंले होटल चलाएको थियो । त्यसपछि १२ वर्ष भारतको इम्प्याक्ट टुर्सले सञ्चालन गर्यो । अहिले यतिले व्यवस्थापन लिएको हो । कोषका अनुसार सन् १९९० तिर १६०र१६० मिटर ९करिब ४ बिघा० जग्गाको वार्षिक भाडा सुरुमा ८५ हजार थियो । ०७४र७५ मा त्यसलाई बढाएर तीन लाख पुर्याइएको छ । करिब चार बिघा जग्गाको भाडा अहिले मासिक २५ हजार रुपैयाँ तिर्नुपर्छ । होटलले भने महँगो शुल्क लिँदै आएको छ । त्यहाँ सिंगल बेड भएको कोठाको १ सय २० अमेरिकी डलर र डबल बेड कोठाको शुल्क १ सय ४० डलर पर्छ । होटलमा चारतारेको सुविधा छ, तर त्यसको अनुमति लिइएको छैन ।
कान्तिपुर दैनिकबाट