काठमाडौं, पुस ८ । साना मझौला उद्यम एसएमई कर्जालाई सरलीकृत गर्दै नबिल बैंकले कर्जाका लागि आवेदन दिएको ३५ घण्टाभित्रै कर्जा स्वीकृत गर्ने घोषणा गरेको छ। बैंकले ७५ लाख रुपैयाँसम्मको कर्जा ऋणग्राहीको कम्पनी या परियोजनाको जोखिमको अवस्था हेरेर उच्चतम १०।५ प्रतिशत ब्याजदरमा कर्जा दिने स्किम सोमबार सार्वजनिक गरेको हो।
‘नबिल बैंकले सेवा सुरु गरेको ३५ वर्ष भएको छ। यो अवधिमा बैंकले अर्थतन्त्रको विकास र विस्तारमा उल्लेख्य योगदान गरेको छ’, बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० अनिल केशरी शाहले भने, ‘एसएमईलाई ऋण प्रदान गर्न बैंकले ल्याएको यो योजनाले साना मझौला व्यवसाय विस्तारमा उल्लेख्य योगदान गर्ने अपेक्षा गरेका छौं।’अन्नपूर्ण पोस्ट्बाट