Logo

नदी छेउमा रोकिएको डोजरमा आगजनी



८ पुस  : कैलालीको पूर्वी क्षेत्र लम्कीचुहा नगरपालिकाको रोरा नदी छेउमा रोकिराखेको से३क ३४२१ नंको डोजरमा गएराति आगजनी गरिएको छ । देउती निर्माण सेवाको उक्त डोजरमा आगजनीबाट क्षति पुगेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायब निरीक्षक ओमप्रकाश बटालाले बताए ।

घटनास्थलमा फेला परेको नेकपा नामको पर्चामा पर्यावरणको प्रभावसम्बन्धी कुनै मापदण्ड पूरा नगरी प्राकृतिक स्रोतको दोहन गरिएको उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot