Logo

भाजपा हार्दा लालु यादव दंग, यसरी व्यक्त गरे खुशी



चारा घोटाला काण्डमा जेल सजाय भोगिरहेका विहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवले झारखण्डको चुनावी नतिजाप्रति खुशी व्यक्त गरेका छन् । उनले चुनावमा सफलता हासिल गर्न मुख्य भूमिका खेल्न हेमन्त सोरेनलाई बधाई समेत दिएका छन् ।

जेलमै रहेपनि पारिवारिक सदस्यमार्फत् ट्वीटरमा सक्रिय रहेका लालुले भाजपालाई अहंकारी र पाखंडी भनेका छन् । उनले ट्वीटरमा लेखेका छन् -मनोकामना पूरा भएको छ । झारखंडका महान जनताले अहंकार र पाखंडी राजनीतिको हारको सुनिश्चित भएको तय गरिदिएका छन् ।
झारखण्डमा भाजपा पराजित भएको थियो । सोमबार भएको मतपरिणाम अनुसार यसअघि सरकार बनाएको भाजपा पराजित भएको छ ।



प्रतिक्रिया दिनुहोस्