Logo

चिसोबाट बच्न प्रहरीद्वारा दाउरा वितरण



विदुर, ८ पुस : केही दिनयता बढिरहेको चिसोका कारण सर्वसाधरणको जनजीवन प्रभावित हुन थालेपछि प्रहरीले आज विदुरमा दाउरा वितरण गरेको छ ।

चिसोको प्रभाव बढेपछि प्रहरीले आज विदुर, बट्टार, ढुङ्घे र त्रिशूलीसहितका क्षेत्रमा वृद्धवृद्धा तथा ज्येष्ठ नागरिक र साना नानीका लागि आगो ताप्न दाउरा वितरण गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।

नायब उपरीक्षक थापाका अनुसार जाडोका कारण बिहान शीतलहर हुने, चिसो हावा चल्ने, कुहिरोले ढाकेपछि घाम लाग्न कुहिरो र हुस्सुले छेक्ने भएकाले मानिसका हातखुट्टा चिसोले गर्दा कठ्याङ्ग्रिने भएकाले आज हामीले विभिन्न ठाउँमा दाउरा वितरण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्