राजविराज, ८ पुस : राजविराज जेसिजको ४४औँ वार्षिक साधारणसभाले सन् २०२० का लागि नानीमैयाँ कटवाल ‘पुनम’को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
राससकर्मीसमेत रहेको कटवाल सन् २००९ देखि जेसिज अभियानमा लागेका हुन् । उनले राजविराज जेसिजको जनसम्पर्क अधिकारी, शाखा सम्पादक, उपाध्यक्ष, सहसचिव, कार्यकारी उपाध्यक्ष, कानूनी सल्लाहकार र महासचिवको भूमिका निर्वाह गरिसकेका छन् ।
साधारणसभाले २०१९ का राजविराज जेसिसको नेतृत्वमा महासचिव कटवालद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष विप्लव आनन्दद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनसमेत पारित गरेको छ ।
सन् १९७६ मा स्थापना भएको राजविराज जेसिजले हालसम्म एकजना संस्थापक अध्यक्ष गरी ४४ अध्यक्ष प्राप्त गरिसकेका छन् भने दुईजना राष्ट्रिय अध्यक्षसमेत दिएको छ ।रासस